भारतमा बलात्कारी जोगीको ताण्डव

काठमाडौं : भारतको राजधानी दिल्लीदेखि उत्तरमा रहेको हरियाणा राज्यको पञ्चकुला अदालतले गुरमित रामरहिम सिंह नामक धार्मिक गुरुलाई बलात्कारी ठहर गरेपछि त्यसको विरुद्ध भएकोे हिंसात्मक झडपमा २९ जनाको ज्यान गएको, ५७ जना गम्भीर घाइते भएका र २ सय ५० भन्दा बढी घाइते भएका छन् । यातायातका साधन, सरकारी भवन, रेल सेवा कार्यालयमा आगजनी हुँदा करोडौं सम्पत्तिमा क्षति पुगेको छ । सरकारी दाबि भन्दा ठूलो स्तरमा क्षति भएको परस्पर विरोधी समाचार पनि सामाजिक सञ्जालमा आइरहेका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले सन् २००२ मा उनलाई दोशीे ठहर गरेको थियो । नयाँ दिल्ली, पञ्जाव र उत्तरप्रदेशमा पनि हिंसा भड्किएको छ । हरियाण, पञ्जाव र चण्डीगढमा कफ्र्यु लगाइएको छ । नयाँ दिल्लीका मुख्यामन्त्री केजरीवालले नागरिकलाई शान्त रहन अपिल गरेका छन् । पञ्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले हरियाणा सरकारको लापरवाहीका कारण घटना भएको आरोप लगाएका छन् ।

२०७४ भदौ १० गते १२ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :