बाढी पीडितलाई उपचार गर्दै विप्लव पुत्र

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका १६ जना विद्यार्थीको टोलीले आइतबारदेखि सप्तरीमा राहत वितरणका साथै पीडितहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् । चितवनका औषधी पसल, ब्यापारी र दाताहरुबाट संकलन गरेको राहत बाँड्नका लागि उनीहरु सप्तरीको रामपुरा नगरपालिकामा पुगेका हुन् । पीडितहरुमा जिउ दुख्ने, न्यून रक्तचापे हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएको चन्दले बताएका छन् । चन्दले विस्तारै भाइरल ज्वरो र पखालाको समस्या बाढी पीडितहरुमा देखिएको बताए । विद्यार्थीहरुले उक्त गाउँका पीडितमध्ये पनि दलित र अपांगलाई विशेष प्राथमिकता दिएर आफूहरुले राहत वितरण तथा उपचार गरेको बताएका
२०७४ भदौ ६ गते ४ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :