उत्तरकोरिया लक्षित सैन्य अभ्यास शुरु

काठमाडौं / भदौ ५ : हरेक वर्ष दुई पटक हुने अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास सोमबारबाट शुरु भएकोे छ । कोरीयाली प्रायद्वीपमा तनाव भइरहेको बेला यसपटक सैन्य अभ्यास शुरु गरेको हो । आइतबार उत्तरकोरियाली समाचार संस्था केसीएनए वाचले बताएअनुसार अमेरिकाले युद्धको खेल खेलेर ‘आगोमाथी प्रजवलनशील पदार्थ खन्याइरहेको’ चेतावनी दिएको छ । अघिल्लो वर्ष अमेरिका दक्षिणकोरिया संयुक्त सैन्य अभ्यास लगत्तै उत्तरकोरियाले परमाणु परीक्षण गरेको थियो । वासिङटन र प्योङयाङले हालैका दिनमा एक अर्का विरुद्ध कडा वक्तव्यवाजी गरिरहेका छन् । केहि दिन पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियामाथि भीषण हमला व्यहोर्नुपर्ने चेतावनी दिएका थिए ।

२०७४ भदौ ५ गते १ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :