बर्दिबासमा माके नेता मातृका विरुद्ध नाराबाजी

अम्बिका चन्द / काठमाडौं, भदौ २ : व्यापक दमन र प्रहरी हस्तक्षेपका बाबजुद नेकपाले सर्लाहीको बर्दिबासमा रामवृक्ष यादवको स्मृतिमा सभा सम्पन्न गरेको छ । यादवको जन्मथलो धनुषाको बर्मझियामा सभाको आयोजना गरिएको भएपनि माओवादी केन्द्रका कार्यकर्ता र प्रहरीले हस्तक्षेप गरी सभास्थलबाट नेकपाका नेता कार्यकर्ता पक्राउ गरेपछि बर्दिबासमै सभा गरिएको हो । सभालाई सम्बोधन गर्दै नेकपाका जनकपुर ब्युरो सदस्य कुमार पौडेलले निरङकुश शैलीमा गिरफ्तार गरिएका आफना नेता–कार्यकर्ताहरुलाई तुरुन्त रिहाइको माग गर्नुभएको छ । अन्यथा रिहाइ नगरे कडा कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

धनुषाको बर्मझियामा आज नेकपाले गर्न लागेको कार्यक्रममा माके नेता मातृका यादवका गुण्डा र कार्यकर्ताहरुले हस्तक्षेप गरेपछि यादव विरुद्ध बर्दिबासमा ‘मातृका यादव मुर्दावाद, गिरप्तार नेता कार्यकर्ता रिहागर’ जस्ता नारा लगाईएको थियो । रामवृक्षको स्मृतिदिवस मनाउन सिन्धुली, महोत्तरी र सर्लाहीबाट धनुषा हिडेका स्थानीयहरुले बर्दिबास बजारहरुमै सभा गरेका हुन् । उक्त कोण सभाको सञ्चालन नेकपाका सिन्धुली इन्चार्ज शसी राईले गर्नु भएको थियो ।

२०७४ भदौ २७ गते ७ : २७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :