कल्याण तिमल्सिनाको धन्दा जारी

 

रातो खबर संवाददाता / काठमाडौं, साउन २९ :  गते कल्याण तिमल्सिना नेपाल प्रहरीका पूर्वएआईजी हुन् । उनले एआईजी रहँदा नै गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारको मुद्दा खेपेका थिए । अदालतलाई समेत प्रभावमा पारेर उनी पुनः पदमा बहाल भएका थिए । तिमल्सिना सदाबहार मन्त्री विजयकुमार निकट तत्कालीन कांग्रेसका भित्रिया कार्यकर्ता ठानिन्छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समेत प्रभावमा पारेर तत्लो अदालतले गरेका न्यायिक मुद्दाहरू माथिल्लो अदालतबाट उल्ट्याउने र कमिसन खाने पुरानो धन्दामा तिमल्सिना अहिले झन् उत्साहित भएर लागिरहेको सोतको दाबी छ । तिमल्सिनाले सर्वोच्च अदालतका वर्तमान श्रीमान् गोपाल पराजुलीसँग पनि सम्बन्ध जोडिसकेको बताइन्छ । तिमल्सिना एआईजी हुँदा गुन्डाहरूलाई संरक्षण गर्ने अपहरणकारीलाई पक्रन तदारुकता नदेखाउने भनी आलोचित थिए । उनी व्यापक आलोचित भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रमा स्थानान्तरण गरेको थियो । यो औपचारिक क्रममा सामान्य र नियमित कार्य भने पनि विभागीय कारबाही नै भएको प्रहरी सोतको दाबी थियो ।

स्रोत : रातो खबर साप्ताहिक

२०७४ साउन २९ गते ३ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :