माओवादी कमरेडहरूसँग

Arundhati Roy

अरुन्धती रोय

भारतबाट प्रकाशित हुने ‘आउटलुक’ अंग्रेजी साप्ताहिक (मार्च १९ २०१०) मा अरुन्धती रायको लामो लेख प्रकाशित भएको थियो । भारतीय माओवादीहरूको प्रभाव रहेको दन्तेबाडाको दण्डकारण्य क्षेत्रको भ्रमण गरेर लेखिएको यो रिपोर्ताज शैलीको लेख ‘वाकिङ विथ कमरेड्स’ शीर्षकमा प्रकाशित भएको थियो । त्यसको नेपाली अनुवाद भएको पनि धेरै वर्ष भइसकेको छ । भारतको माओवादी विद्रोह गहिराइमा पुगेर बुझ्न र भारतका उच्च तहका बुद्धिजीवीहरूको त्यससम्बन्धी धारणा बुझ्नसमेत यो कृतिले सघाउन सक्छ । सोही कृतिका केही अंश यहाँ प्रस्तुत गरिएको छ –

  • दन्तेबाडामा प्रहरी सादा पहिरनमा हिँड्छन् र विद्रोहीहरू ‘युनिफर्ममा हुन्छन्’ जेलर जेलमा छ, कैदीहरू स्वतन्त्र छन् । (दुई वर्ष अगाडि सहरको पुरानो जेलबाट तीन सय कैदीहरू फरार भए) बलात्कृत महिलाहरू प्रहरी हिरासतमा छन्, बलात्कारीचाहिँ बजारमा भाषण गरिरहेको भेटिन्छ ।
  • जनवरी २७, २००७ मा छापामारले गङ्गलौरको प्रहरी चौकीमा आक्रमण गरे । ७ जना प्रहरी मारिए । जुलाई १७, २००६ मा इलाबोरको सलवा जुडुम शिविरमा आक्रमण ग¥यो । त्यसमा २० जना मारिए, १५० जना घाइते भए । डिसेम्बर १३, २००६ मा बसागुडा राहत शिविरमा आक्रमण गरेर ३ जना एसपीओ ९क्इएक्० हरू र एक प्रहरी जवानको हत्या गरे । मार्च १५, २००७ मा उनीहरूले उल्लिखितमध्ये सबैभन्दा ठूलो आक्रमण गरे । १२० छापामारले छत्तिसगढ प्रहरी ब्यारेकमा परिणत भएको महिला छात्रावासमा आक्रमण गरे जसमा ८० जना प्रहरीहरू थिए । छात्राहरूसमेत बसोबास गरिरहेको रानी मोडिली कन्या आश्रममा पसेर भवनमा कुनै क्षति नपु¥याई पीएलएजीले गरेको आक्रमणमा ५५ प्रहरी र एसपीओहरू मारिए । 
  • यो आक्रमणले देशलाई नै ज¥याकजुरुक पा¥यो । मानवअधिकारवादी संगठनले माओवादीको हिंसाको मात्र होइन, उनीहरू शिक्षाविरोधी पनि भएको भन्दै भत्र्सना ग¥यो । तर दण्डकारण्यमा रानी बोडिली आक्रमण ऐतिहासिक साबित भयो । निर्णयहरू युद्धहरू पहाडका अप्ठ्यारा खोचहरूमा लडिएका छन् । खुला बजार अर्थतन्त्रले सोभियत समाजवादलाई आफगानिस्तानको असाध्यै चिसो पहाडमा युद्धमा हरायो । यहीं हेर्नुस् न दन्तेबाडाको जङ्गलबाट भारतमा युद्धको राँको झोसिएको छ । थुप्रैले भारतीय लोकतन्त्रको गहिरिंदो सङ्कट, ठूला निगम घरानाहरू, मुख्य राजनीतिक दलहरू र सुरक्षा संयन्त्रबीचको साँठगाँठका बारेमा पनि बोलिरहेका छन् । तर म सुझाव दिन चाहन्छु । कोही साँच्चै छिटो गरी गाँठी कुरा जान्न चाहन्छ भने दन्तेबाडा गए हुन्छ ।
  • माओवादीहरू मात्र त्यस्ता एक्ला शक्ति होइनन्, जसले भारतीय राज्यलाई समाप्त गर्न चाहन्छ । उनीहरूभन्दा पनि पहिले कट्टर हिन्दुवादी र आर्थिक तानाशाहहरूले यो राज्यलाई कयौँपटक ध्वस्त पारिसकेका छन् ।
  • हामी अहिले एउटा पङ्क्तिमा हिंडिरहेका छौँ । मैले शिविर छोड्नुअघि वरपर हेरें । आगो बालेको ठाउँमा केही खरानीबाहेक सयौँ मानिस यो ठाउँमा बसेका थिए भन्ने कुनै चिह्न बाँकी छैन । माओवादी सेना कुनै पनि गान्धीवादीभन्दा बढी गान्धीवादी छ । यसको विनास गर्ने शैली पनि गान्धीवादी छ । उदाहरणका लागि प्रहरीको वाहन जलाउनुअघि वाहनका काम लाग्ने पुर्जा निकाल्छन् ।
  • सामूहिक बलात्कार गरेपछि उनीहरूको हत्या गरे । “उनीहरूले मेरा साथीहरूलाई घाँसमा बलात्कार गरे ।” उनी भन्छिन्, “जब सबै काम सकियो, त्यहाँ एउटा पनि घाँस बाँकी थिएन ।” कैयौँ वर्ष बितिसकेको छ, नागा बटालियन पनि गइसकेको छ तर प्रहरी अझै आउँछ । उनीहरूलाई जब स्वास्नीमान्छे वा कुखुराको आवश्यकता हुन्छ तब उनीहरू यहाँ आउँछन् । 
  • राज्यले उनलाई प्रमुख खतरामध्ये एक मानेको छ । कैयौँ धरापहरूको नेतृत्व गरेकाले यति व्यग्रताका साथ उनको खोजी भएको होइन । बरु एउटी आदिवासी महिलाका रूपमा गाउँलेले निकै रुचाएको र युवा पुस्ताको प्रेरणा भएकाले उनको खोजी गरिएको हो । उनी काँधमा एके ४७ भिरेरै बोलिन्, ‘यो बन्दुकको पनि आफ्नै कथा छ । कोबाट, कहिले, कहाँ र कसरी खोसिएको हो हरेक बन्दुकको आफ्नै कथा छ ।) 
  • सुरुमा जनमुक्ति सेनाका कमरेडहरू काँधमा बन्दुक बोकेर टाढैबाट नर्तकीहरूलाई हेर्छन् । पोखरीमा पौडिरहेका हाँसहरू हेर्दाहेर्दै रहर थाम्न नसकेर डिलका हाँसहरू पनि हाम फालेझैँ ती कमरेडहरू एक एक गरे नाच्न थाल्छन् । 
  • कस्तो अचम्म छ, चारु मजुमदारले धेरै पहिला भनेको ‘चीनको बाटो हाम्रो पनि बाटो हो’ भन्ने कुरालाई अहिले नक्सलवादीहरूलाई निर्ममतापूर्वक दमन गरिरहेको भारतीय संस्थापनका वर्तमान जारहरूले आफ्नो भनाइका रूपमा दोहो¥याइरहेका छन् । आफ्नी प्रेमिकाप्रति समर्पित कुनै प्रेमीझैँ जनताको मन जित्न उनीहरूको हरआवश्यकताप्रति पार्टीले जब ध्यान दिन्छ, बल्ल यो ‘जनताको पार्टी बन्छ (जस्तो अहिले दण्डकारण्य भन्छ) । यसको सेना जनताको सेना हुन्छ । तर क्रान्तिपछि कति सजिलै यो प्रेमसम्बन्ध तीतो विवाहमा परिणत हुन्छ । कति सजिलै जनताको सेना जनतामाथि नै जाइलाग्छन्, आज दण्डकारण्यमा पार्टी खनिज पदार्थ पहाडभित्रै जोगाइराख्न चाहन्छ तर के भोलि उसको मन ठीक उल्टो फेरिन्न ? भविष्यमा के होला भन्ने पिरलोले आजै हातमा दही जमाएर बस्ने त ?
  • जुनसुकै पार्टी सत्तामा आए पनि भारतीय राज्य उच्च जातीय हिन्दु राज्य हो भन्ने बुझ्न गाह्रो छैन, जो अरू धर्म सम्प्रदायप्रति असहिष्णु छ ।
  • आउने र जाने कुरालाई यहाँ कहिल्यै पनि हल्का ढङ्गले लिइँदैन किनकि ‘हामी फेरि भेटौँला’ भन्नुको अर्थ ‘हाम्रो भेट फेरि कहिल्यै नहुन सक्छ’ भन्ने सबैलाई थाहा छ ।
  • म कमरेड बेनुले भनेको सम्झन्छु । उनले मलाई भनेका थिए, ‘खानीको कारणले मात्रै उनीहरूले हामीलाई सिध्याउन खोजेका होइनन्, बरु यो संसारलाई वैकल्पिक ‘मोडल’ छ भनेर देखाएकामा उनीहरूलाई बिझेको हो ।’  िदिल्ली निकै निर्दयी सहर हो, जसलाई उनीहरूका बारेमा न थाहा छ न वास्ता नै छ । मैले उनीहरूलाई यही भनें ।
  • त्यो रातको आकाश, त्यो जंगलको बाटो म मेरो चोरक्तीको उज्यालोमा कमलाको झुत्रे चप्पलमा उसका फुटेका कुर्कुच्चा देख्छु । मलाई थाहा छ, ऊ पक्कै पनि हिँडिरहेको होली । आफ्ना लागि मात्र होइन, हामी सबैको आशाको दियो बालिराख्न, ऊ आफ्ना कदम अघि बढाइरहेकी होली ।

२०७४ साउन २९ गते ९ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!