१५ सय घर डुबानमा / ३ जना बेपत्ता

काठमाडौं / साउन २८ : अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् । वर्षा कारणले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । डुबानबाट करिव ६ सय घर डुबेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै रतुवामाई नपा ७, ८, ९ र ५ को रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ । पानी पसेपछि झन्डै ७ सय घर डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहरीले जनाएको छ । यस्तै धनपालथान गापा–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर अन्दाजी १ सय ५० घर डुबानमा परेका छन भने रंगेली नपा–३ आमतोलामा ४ घर डुबानमा परेका छन् । वगछिया खोला र बूढी खोलामा आएको बाढीले बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जना वृद्धाहरुलाई बगाएर बेपत्ता बनाएको सुन्दर हरैचाका स्थानीयले बताएको छ ।

२०७४ साउन २८ गते १२ १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :