खाद्य सुरक्षाको चिन्ता

काठमाडौं / साउन १० : सुदूर पश्चिममाञ्चलमा बालीनालीमा तापमान वृद्धिका असर तीव्र रुपमा परेको छ । हरेक वर्ष औसत तापक्रम बढ्नाले नेपालका विभिन्न स्थानको मौसम प्रभावित भई बोटबिरुवा र फलफूलको बाली चक्र फेरिंदै गएको भन्दै त्यसले निर्भरतामुखी कृषकहरुको खाद्य सुरक्षामा संकट पर्न सक्ने चेतावनी कृषि विज्ञहरुले जानकारी दिएका छन्। आँप नफल्ने ठाउँमा फल्न थालेको तथा स्याउ फल्ने ठाउँमा नफल्ने जस्ता जलवायु परिवर्तनका विविध प्रभाव किसानहरुले बेहोर्न परिरहेको स्थानीय कृषकहरुले बताएका छन् । हाल नेपालको औसत तापक्रम हरेक वर्ष ०.०५६ डिग्री सेल्सियस्‌ले बढ्दै गएकोले त्यसको असर देखा पर्न थालेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :