चिनियाँ सेनालाई हल्लाउनु पहाड हल्लाउनु भन्दा कठिन छ – चीन

अम्बिका चन्द / काठमाडौं, साउन १० : चीन र भारतबीच सिमा क्षेत्रको विषयमा देखिएको विवाद कायमै रहेको बेला चीनले आफ्नो देशको जनमुक्ति सेनालाई हल्लाउनु भनेको पहाड हल्लाउनु भन्दापनि कठिन भएको बताएको छ । रक्षामन्त्रालयको तर्फबाट पत्रकार सम्मलेन गर्दै चीन आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाको लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको भन्दै थप सैनिकसमेत परिचालन गर्ने जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा भारतले सिमा मिचेर अन्तर्राष्ट्रिय निमयको समेत उलंघन गरेको बताएका छन् । साथै प्रकक्ता वु कियाङले सिमा क्षेत्र डोक्लानमा थप सेना परिचालन गर्न लागिएको पनि जानकारी दिएका छन् । गत जुन महिनामा उक्त सिमा क्षेत्रमा चीनले सडक बनाउन लाग्दा भारतले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । जसको कारण अहिले चीन र भारतविचको सम्वन्ध निकै चिसो भएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :