बागलुङमा सवारी साधन दुर्घटना / ४ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं / साउन ९ :  बागलुङ, बडीगाड गापालिका–५,स्थित ग्वालीचौरमा सोमबार बिहान सवारी साधन दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।  दुर्घटनामा बडीगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाइजा, वडा नं. ८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर ४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्यु भएको हो । घाइते ६ जनाकै अहिले ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार भैरहेको छ । थप उपचारका लागि पोखरा लैजाने तयारी भएको छ । भिरबाट तल खसेको सवारी साधन टुक्रटुक्रा परेको र उद्धारमासमेत कठिनाई भएको लम्सालले बताए ।  जिल्लाको जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको ध १ ज १८४ नम्बरको सवारी साधन घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटनास्थलमा रहेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु लम्सालले बताए

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :