जनस्वयंम् सेवकका केन्द्रीय महासचिव  रिहा

jhapa-2

झापाःअसोज ६, विगत २ बर्ष यता पार्टी पुनर्गठन गरेको नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) ले राष्ट्रघात जनघातका विरुद्ध संघर्ष गर्दै आएको थियो ।पार्टी पुनर्गठनको केहि समय पछि लगानी वोर्डका सिइओ राधेस पन्तको घरमा कालो झन्डा गाड्ने देखि ग्यास डिपो कब्जा,राजेन्द्र किशोर क्षेत्री,भरत राज सुवेदी माथि कारवाही,अरुण तेस्रोमा भिषण हमला,अपर कर्णालीमा जनकारवाही,चितवन लगायतका विभिन्न ठाउँमा जग्गा कब्जा, झापामा भारतीय लगानीमा संचालित अवैधानिक गुटखा उद्योगमा आगजनी लगायतको अरु साना जनकारवाही गरेको थियो ।

 

त्यसै क्रममा राष्ट्रिय जनस्वयंम् सेवकका केन्द्रीय महासचिव एवम् तत्कालिन झापा जिल्ला सेक्रेटरी बाबुराम राई“विवश”, जिल्ला नेता पुष्प अधिकारी,विद्यार्थी नेता नविन अधिकारी र जनजाती नेता तमनलाल माझीलाई नेपाली काङ्ग्रेसका नेता कृष्ण सिटौलाको दवावमा झुटा मुद्धा लगाई ९ महिना सम्म हिरासतमा राखेको थियो । अन्तत उहाँहरु लाई झापा जिल्ला अदालतले आज विना सर्त रिहाई गरेको छ । जिल्ला नेता सुमन अधिकारी माथि लगाइएको झुटा मुद्धाको पनि खारेजी गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :