८ राउन्ड गोली प्रहार गरी नेकपाका ८ कार्यकर्ता गिरफ्तार, पार्टीद्वारा खेद व्यक्त

 

नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले सिन्धुलीबाट आफ्नो पार्टीका ८ जना कार्यकर्तालाई प्रहरीले ८ राउन्ड गोली चलाएर गिरफ्तार गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ ।
पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बुधबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गर्दै आफ्नो पार्टीका कार्यकर्ता अखण्डलाई प्रहरीले गिरफ्तारीका क्रममा खुट्टा भाँचिदिएको बताएका छन् । साथै अरुणले विज्ञप्तिमा आफ्नो पार्टीले शिक्षकलाई अपहरण गरेको भन्ने सार्वजनिक अभिव्यक्ति कपोलकल्पित भएको भन्दै शिक्षक अपहरण गर्ने कार्य आफ्नो पार्टीको नीतिविपरीत रहेको पनि स्पष्ट पारेका छन् । साथै उनले गिरफ्तार कार्यकर्तालाई बिनाआधार र बिनाप्रमाण झूट्टा मुद्दामा फसाउने षड्यन्त्र भैरहेकाले त्यसलाई तत्काल रोक्न तत्काल सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै बिनासर्त रिहा गर्न सरकरसँग माग गरेका छन् ।
सिङ्गो देश कोरोना भाइरसले आक्रान्त भैरहेको बेला सत्ताधारी सामाजिक दलाल पुँजीपति सरकार रोगको उपचार र नियन्त्रणमा ध्यान दिनुको सट्टा भ्रष्टाचार, घूसखोरी, कमिसनको खेल, दमन तथा गिरफ्तार गर्ने काममा लिप्त भएको अरुणको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :