फासिवादको निकृष्ट चरित्र

साम्राज्यवाद र फासिवाद कति क्रूर र पाषाण हृदयका हुन्छन् भन्ने उदाहरण टर्केली सरकारले श्रद्धाञ्जलीसभाका सहभागी र मलामीमाथि समेत गोली प्रहार गरेर प्रस्तुत गरेको छ । टर्कीको रेसेप तैयप एर्दोगन सरकारले न्यायपूर्ण आन्दोलनका क्रममा आमरण अनशनमा बसेकै अवस्थामा मारिएकी न्यायकर्मी कानुन व्यवसायी इब्रु टिमटिकको बलिदानपछि श्रद्धाञ्जलीसभा र अन्तिम संस्कारमा भेला भएका न्यायका पक्षपातीमाथि अश्रुग्याँस र गोली प्रहर गरेर फासिवादी क्रूरताको पराकाष्टा प्रदर्शन गरेको घटना सार्वजनिक भएपछि फासिवादको अन्तर्राष्टिय चरित्र एउटै र उस्तै हुन्छ भन्ने प्रमाणित भएको छ । यता नेपालमा केपी वली सरकारले नेकपा सर्लाहीका युवा नेता कुमार पौडेललगायतलाई लखेटीलखेटी समातेर हातखुट्टा बाँधी दर्जनौँ गोली प्रहार गरेर हत्या गर्नु, हिजो ज्ञानेन्द्र शाहीको सरकारले युद्धरत माओवादी शान्तिवार्तामा बसेको समयमा दोरम्बामा २१ जना योद्धाहरूको गिरफ्तारीपछि हात बाँधेर, आँखामा पट्टी लगाई कञ्चटमा गोली ठोकेर मार्नु र आज रेसेप तैयप एर्दोगन सरकारले न्यायका लागि आमरण अनशनमा बसेकाहरूलाई भोकभोकै मार्नु र मारिएकाहरूको श्रद्धाञ्जली गरिरहेका र मलामी गएकाहरूलाई गोली प्रहार गर्नु संयोगले मात्र यस्ता घटना भएका होइनन्, फासिवादीहरूको अन्तर्राष्ट्रिय चरित्र एउटै भएकाले प्रकृति र परिणाम एउटै र उस्तै भएका हुन् । सत्ताको क्रूरताका विरुद्ध न्याय र समानताका लागि वैध आन्दोलन गरिरहेका न्यायकर्मीमाथि समेत क्रूरता र दानवीयता प्रकट गर्ने पुँजीवादी फासिवादको सर्वत्र आलोचना भएको छ । यो खेद र भत्र्सनायोग्य छ ।
एकातिर समानता, स्वतन्त्रता र मुक्तिका लागि न्यायपूर्ण आन्दोलन जारी छ भने अर्कातिर श्रमिक÷सर्वहारा वर्गको मुक्ति अभियानलाई छेक्ने दुस्साहसस्वरूप संसारकै प्रतिक्रियावादी, साम्राज्यवादी पुँजीवादी शासकहरूले फासिवादी हर्कत दोहो¥याइरहेका छन् । न्यायपूर्ण आन्दोलनमा मानवतावादी सङ्घर्ष अर्थात् वैध सङ्घर्ष गर्नेहरूलाई समेत साम्राज्यवाद र तिनका चाकरहरूले कमजोर करार गर्छन् र भोकभोकै मार्छन् । यस्तै घटना दोहोरिएको छ टर्कीमा । सत्ता क्रूर र फासिवादी हुनुको फलस्वरूप न्याय र समानताका लागि जारी आन्दोलनमा बलिदान गर्नेहरूको सङ्ख्या पनि बढिरहेको छ ।
साम्राज्यवादी मुलुक अमेरिकाको कठपुतली टर्कीको रेसेप तैयप एर्दोगन सरकारको फासिवादी क्रूरताले सीमा नाघेको छ । न्याय र समानताका लागि वैध आन्दोलनमा रहेका संस्कृतिकर्मी र कानुनकर्मीहरूको पनि भकाभक बलिदान भइरहेको छ । सत्ताको क्रूर दमन संसारभरकै श्रमिक वर्गले दुत्कार्ने, तिरस्कार र घृणा गर्ने विषय हो । यसका लागि समग्र साम्राज्यवाद र विशेषगरी टर्कीको फासिवादी सरकार मुख्य दोषी छ र संसारभरबाटै टर्कीको फासिवादी सरकारका निन्दित कार्यहरूको विरोध भइरहेको छ । अझ केही समयअघि आमरण अनसनकै क्रममा मारिएकी संस्कृतिकर्मी हेलेन बोलेक र गत बिहीबार न्यायपूर्ण आन्दोलनका क्रममा आमरण अनसनमा बसेकी न्यायकर्मी इब्रु टिमटिकको मृत्युपछि एर्दवान सरकारको फासिवादी कदमको चौतर्फी आलोचना भएको छ । इब्रु टिमटिक टर्केली सत्ताको अत्याचारविरुद्ध २३८ दिनदेखि आमरण अनशनमा थिइन् । उनी अत्याचारी टर्केली सरकारको दमनका विरुद्ध सङ्घर्षरत आफू र आफूजस्तै साथीहरूको मुद्दाको निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै आमरण अनशनरत थिइन् ।
४२ वर्षीया कुर्दिस वकिल इबु्रको इस्तानबुलस्थित अस्पतालमा बिहीबार निधन भएको थियो । बिहीबार नै मृत्यु भए पनि उनको मृत्युको जानकारी भने शुक्रबार मात्र सार्वजनिक गरिएको थियो । टर्कीको प्रोग्रेसिभ लयर्स एसोसिएसनलगायत अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठनहरूले पनि टर्किस न्यायप्रणाली र सरकारले इब्रुको हत्या गरेको जनाएर न्यायका पक्षमा मत दिएका छन् । टर्किस सरकारले हेलिन बोलेक, मुस्तफा कोकाक, इब्राहिम गोकसेकसहित केही महिनाअघि यसै किसिमका चारवटा हत्या गरिसकेको छ । टर्किस सरकारले आतङ्कवादी समूहको सदस्य रहेको झूट्टा आरोप लगाएर इब्रुसहित १७ जनालाई गिरफ्तार गरेको थियो । उनीहरूलाई सरकारले गैरकानुनी घोषित रिभोलुसनरी पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डीएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लगाएको थियो । यो सङ्गठनलाई टर्की सरकारले आतङ्कवादी सङ्गठन घोषित गरेको छ । यो सङ्गठनलाई टर्की, संयुक्त राष्ट्रसङ्घ र युरोपेली युनियनले आतङ्ककारी घोषणा गरेका छन् । यी सबै अमेरिकी सम्राज्यवादका कठपुतली हुन् ।
टर्की सरकारले सेप्टेम्बर सन् २०१७ मा इब्रुलाई गिरफ्तार गरेको थियो । इब्रु र उनका साथीहरूलाई अदालतले सुरुमा रिहा गर्ने फैसला गरेको थियो । रिहा गर्ने फैसला गरेको २४ घन्टा नबित्दै बेनामी साक्षीको बयानका आधारमा उनीहरूलाई फेरि गिरफ्तार गरियो । गत वर्ष २०१९ को मार्चमा उनीहरूलाई १७ वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो । यसरी आफू र आफ्ना साथीमाथि अन्यायपूर्ण फैसला गरिएकाले निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै इब्रुले २ जनवरी २०२० मा आमरण अनशन सुरु गरेकी थिइन् । टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगनको शासनकाल सुरु भएसँगै टर्किस अदालतको निष्पक्षता र स्वतन्त्रतामाथि विपक्षी राजनीतिक दल र मानवअधिकारकर्मीहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । इब्रु मारिएपछि इस्तानबुल बार एसोसिएसनबाहिर अदालत र सरकारको विरोधमा हजारौँ समर्थकहरूले प्रदर्शन गरे । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र गोली चलाएर आफ्नो फासिवादी अनुहार उदाङ्गो पा¥यो । सरकारले आन्दोलनकारीलाई गिरफ्तार पनि ग¥यो । इब्रुको अन्तिम संस्कार कार्यक्रमका सहभागीमाथि पनि सरकारले अश्रुग्यास र गोली प्रहार ग¥यो । इब्रुका समर्थक न्याय पक्षधरहरूले ‘इब्रु अमर छिन्, हत्यारा सरकार, इबु्रको हत्या भुल्ने छैनौँ’ लगायत नारा लगाए । इब्रुको बलिदानप्रति युरोपियन कमिसन र युरोपियन मानवअधिकार काउन्सिलले दुःख व्यक्त गरे । टर्किस सरकार र त्यहाँको न्यायप्रणालीले पत्रकार, अधिकारकर्मीलाई न्यायका पक्षमा बोल्न नदिएको भन्दै उनीहरूले खेद व्यक्त गरे । १ जुनमा इब्रु र उनका १७ जना साथीको रिहाइका लागि इन्टरनेसनल एसोसिएसन अफ डेमोक्रेटिक लयर्सका तीन सय ६५ जना वकिल र टर्कीका चार सयजना वकिलले हस्ताक्षरसहित टर्कीको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पछिल्ला चार वर्षमा मात्र सरकारी वकिलले दुई लाख २० हजार मानिसमाथि आतङ्कवादी सङ्गठनको सदस्य भएको आरोप लगाएर मुद्दा दायर गरेका छन् । यसरी आज संसारभर साम्राज्यवाद र फासिवादी क्रूरता बढिरहेका छन् भने क्रान्तिकारीहरूले पनि न्यायपूर्ण आन्दोलन जारी राखेका छन् । सर्वहारा श्रमिक वर्गले जारी राखेको आन्दोलन केही इब्रु र हेलिनहरूको हत्याले मात्र रोकिनेछैन । यो दावानल भएर विजयको शिखरतिर उत्मुख छ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :