नेपालमा आज १,१५४ जना कोरोना सङ्क्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१५४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६७४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ५३८, ललितपुरका ६२, र भक्तपुरका ७४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६५ हजार २७६ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४२७ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५०० जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४७ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :