कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड नाघ्यो

काठमाडौँ : विश्वभर कोरोना भाइरस महामारीबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघेको छ । बिहीबारसम्म विश्वभरि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड ७० हजारभन्दा बढी पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या भने ९ लाख ४५ हजार ७८१ पुगेको छ । यस्तै निको हुनेको सङ्ख्या भने २ करोड १८ लाख २४ हजारभन्दा बढी पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ६८ लाख २९ हजार ३११ मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । बिहीबारसम्म त्यहाँ २ लाख ३८६ जनाको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी छ ।

यस्तै पछिल्लो समय दोस्रो स्थानमा रहेको ब्राजिललाई उछिनेको भारतमा ५१ लाख २१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । अहिलेसम्म ८३ हजारभन्दा बढीको मृत्यु भएको छ भने भारतमा ४० लाखभन्दा बढी निको भएका छन् ।

त्यस्तै तेस्रो नम्बरमा रहेको ब्राजिलमा ४४ लाख २१ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् भने १ लाख ३४ हजारभन्दा बढी मानिसको मृृत्यु भएको छ । निको हुनेको सङ्ख्या भने ३७ लाख २० हजारभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :