नेपालमा आज १,२४६ जना कोरोना सङ्क्रमित थपिए, १,२४३ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,२४६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३८३ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार २४३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४२ हजार ९४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :