कोरोनाबाट निधन भएका नेकपा जिल्ला नेताको शवमा पार्टीको झन्डा ओढाइयो

कोरोना जीवाणु सङ्क्रमणका कारण नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य राजबहादुर राउतको निधन भएको छ ।
ढिलो गरी प्राप्त समाचारअनुसार बर्दगोरिया गापा ५ बर्दगोरिया गाउँका ४९ वर्षीय राउत पार्टीका पूर्णकालीन कार्यकर्ता थिए । उच्च ज्वरो, खोकीलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब परीक्षण गर्न धनगढी सेती प्रदेश अस्पतालमा पठाइएको थियो । सेती अस्पतालमा भीड ज्यादै भएको भन्दै अस्पतालले उक्त स्वाब डँडेल्धुरा अस्पताल पठाएको थियो ।
भदौ १ गते पठाएको स्वाबको रिपोर्ट १० दिनपछि मात्र प्राप्त भयो । छारे (मिर्गी) रोगको समस्या भएका राउतको भदौ १ गते नै निधन भएको थियो । राउत नेकपा कैलाली २ नं इलाका इन्चार्ज थिए । आफन्त र पार्टी कार्यकर्ताले ओढाएर रावतको अन्तिम संस्कार गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा कैलाली इन्चार्ज जीवनले मृतकको शवमा पार्टीको झन्डा ओढाएका थिए । जिल्ला इन्चार्ज जीवनले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :