नेपालमा आज कोरोनाबाट १,२०१ जना संक्रमित थपिए , मृृतकको सङ्ख्या ३३६ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,२०१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार १२० पुगेको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा ८५२ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३७ हजार ५२४ पुगेको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २६० रहेको छ । त्यसमा २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :