कोरोनाबाट अमेरिकामा १ लाख ६५ हजार, ब्राजिलमा १ लाख ५ सय र भारतमा ४३ हजार चार सयको मृत्यु

काठमाडौँ : कोरोना महामारी (कोभिड १९) को उच्च जोखिम देखिएका देशहरूमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा पनि मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ ।

विश्वका ठूला र शक्ति सम्पन्न भनिएका देशहरूलाई कोरोनाले हम्मेहम्मे पारिरहेको बेला ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५ सय ४३ पुगेको छ । यस्तै त्यहाँ कोरोना सङ्क्रमितको संख्या ३० लाखभन्दा बढी छ भने कोरोना निको हुनेको सङ्ख्या २० लाखको सेरोफेरोमा छ ।

उता कोरोना सङ्क्रमणबाट सबैभन्दा प्रभावित देश अमेरिकामा मात्र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ६५ हजारभन्दा बढी छ । यस्तै अमेरिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ५१ लाख ५० हजारभन्दा बढी छ भने निको हुनेको सङ्ख्या २६ लाख ३८ हजारभन्दा बढी छ ।

यस्तै तेस्रो स्थानमा रहेको भारतमा २१ लाख ५६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४३ हजार ४ सय ९८ रहेको छ भने निको हुनेको सङ्ख्या १४ लाख ८१ हजारको हाराहारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :