गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले आफ्नो पार्टीका जिल्ला सदस्य उदयराम विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ ।

नेकपा दैलेखका जिल्ला इन्चार्ज दिपेन्द्रले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबार बिहान ४ बजे आठबिस नगरपालिका वडा नं ६ सिहासैनमा रहेको आफ्नै घरमा बसिरहेको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेका छन् ।

नेपाली जनता कोरोना माहामारी, बाढीपहिरोबाट पीडित भएको बेला जनताको राहत र उद्धारमा ध्यान केन्द्रित गर्नुको साटो सरकार नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गर्नतिर लागेको भन्दै सरकारको उक्त कदम फासिवादी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :