आज रातीबाट तीन दिनसम्म देशभर पानी पर्ने मौसम पूर्वानुमान

काठमाडौँ : मनसुन सक्रिय भएर नेपालमा केही दिन फेरि पानी पर्ने मौसम पूर्वानुमान गरिएको छ । नेपालको तराई क्षेत्रमा शनिबार रातीबाट मनसुन न्यूनचापीय रेखा नजिक आउने सम्भावना रहेकाले कम्तीमा तीन दिनसम्म देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘साउन २४ गते रातीबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :