कार दुर्घटना हुँदा तीनको मृत्यु, एक घाइते

काठमाडौँ : रूपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा कार दुर्घटनामा परी तीनजनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको समाचार प्राप्त भएको छ । नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा उक्त हताहती भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा रूपन्देही ओमसतिया गाउँपालिका ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी रहेको र अन्यको परिचय खुल्न बाँकी रहेको छ प्रहरीले जनाएको छ । घाइते रूपन्देही सिद्धार्थ नगरपालिका ४ का ३० वर्षीय अनिल यादवको उपचार भइरहेको समाचारमा जनाइएको छ ।

रूपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टिएर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगेपछि मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :