नेपाली बजारमा सुनको मुल्य एकलाख बढि

काठमाडौँ : कोरोना भाइरस महामारीले विश्वबजार धराशयी बनेको बेला सुनको भाउ भने नयाँनयाँ रेकर्ड कायम गर्दै तोलाको एक लाख नाघेको छ ।

बिहीबारसम्म सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय पुगेको छ । सुनको मुल्य लतागार बढिरहे पनि बजारमा कारोबार नुहँदा ब्यावसायीहरुले मर्कामा परेको बताएका छन् । लगातार उकालो लागेको सुनको मूल्य लगातार बढे पनि यसको मुल्य घट्छ कि घट्दैन भन्न सकिने अवस्था नरहेको बताइन्छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेसँगै नेपाली बजारमा सुनको मूल्य उच्चविन्दुमा पुगेको हो । हो । निम्न र मध्यम आय भएका उपभोक्ताहरूलाई भने सुनको भाउले ढाड सेकेको छ । आम जनसमुदायलाई भने खाद्यान्नको मूल्य वृद्धिले पिरोलेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :