कोरोनाबाट बिहीबार थप ८ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार कोरोना भाइरस सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८३ पुगेको छ ।
यसैगरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ लाख ३० हजार ३ सय ६४ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ८३ हजार ६ सय ७७ को मृत्यु भइसकेको छ । यस्तै दोस्रो प्रभावित देश ब्राजिलमा १ लाख १७ हजार ७ सय ५६ को मृत्यु भएको छ भने तेस्रो प्रभावित भारतमा ६० हजार ६ सय ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :