नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार नाघेकोे छ । पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या २० हजार नाघेको हो ।

सबैभन्दा धेरै कैलालीमा ९८ जना सङ्क्रमित भेटिएका छन् । यस्तै बझाङका ६८, पर्साका ६६, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ र सिराहामा ५–५ जना, झापा, मोरङ, रामेछाप र रूपन्देहीका २–२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएकजनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा चैत ११ बाट जारी लकडाउन खुला गरिएसँगै पर्सा, विराटनगर, नेपालगन्जलगायत ठाउँहरूमा कोरोना समुदायमा पुगेको छ । यही अवस्था रहेमा कोरानाले निकै भयावह रूप लिनसक्ने र निकै सिकिस्त बिरामीले समेत उपचार पाउन नसक्ने अवस्था आउनसक्ने भन्दै स्वास्थ्यविज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

शनिबारसम्मको आँकडाअनुसार नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या १४ हजार ४ सय ९२ पुगेको छ भने ५६ जनाको मृत्यु भएको छ । यस्तै विश्वमा सङ्क्रमितको सङ्ख्या १ करोड ७६ लाख १ हजार ३ सय ६१ पुगेको छ भने निको हुनेको सङ्ख्या १ करोड, ३ लाख ४२ हजार ३ सय ६२ रहेको छ । यस्तै विश्वभरि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ७९ हजार ६ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :