विश्वमा एकै दिन अढाइ लाख मानिस कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ७ लाख ६८ हजार ९ सय ९५

काठमाडौँ : कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेको बेला पछिल्लो २४ घन्टामा करिब २ लाख ५० हजार मानिस यसबाट सङ्क्रमित भएका छन् । विश्वभरिका देशहरूमा पछिल्लो २४ घन्टामा २ लाख ४८ हजार ८१७ जना थपिएका हुन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ करोड १६ लाख १७ हजार ७ सय ६१ पुगेको छ । सोही समयमा पछिल्लो २४ घन्टामा विश्वभरि मृत्यु हुनेको सङ्ख्या ५ हजार १५२ पुगेको छ । योसँगै कोरोनाबाट विश्वभरिमा मृत्यु हुनेको सङ्ख्या ७ लाख ६८ हजार ९ सय ९५ छ ।

विश्भरिको आँकडाअनुसार सङ्क्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना सङ्क्रमणमुक्त भएका छन् । निको हुनेको यो सङ्ख्या ६६.३० प्रतिशत हो । अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख ७२ हजारभन्दा बढीको मृत्यु भैसकेको छ । यस्तै दोस्रो नम्बरमा रहेको ब्राजिलमा ३३ लाख १७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १ लाख ७ हजारभन्दा बढी छ । त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा २५ लाख ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन भने मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ ।

उता कोरोना पहिले देखिएको चीनमा भने ८४ हजार ८ सय २७ सङ्क्रमित भएका मध्ये ८९ हजार ५ सय ७५ निको भैसकेका छन् भने मृत्यु हुनेको सङ्ख्या ४ हजार ६ सय ३४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :