राज्यआतङ्क नरोके प्रतिरोधमा जान्छौँ : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले कोरोना महामारीको त्रास, प्रभाव र जनअपेक्षालाई ध्यान दिँदै कुनै पनि प्रकारका प्रतिरोधात्मक कार्यक्रम नगरी रचनात्मक कामहरूमा लागिरहेको अवस्थामा आफ्नो लुटको स्वर्ग जोगाउन छट्पटाइरहेको सामाजिक दलाल केपी वली सरकारले कैलाली जिल्लामा आफ्नो पार्टीका विरुद्ध श्वेतआतङ्क मच्चाइरहेको बताएको छ ।

जिल्ला सेक्रेटरी करणले प्रेस विज्ञप्ति जारी गर्दै केही दिनअगाडि मात्र आधा दर्जनभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार गरेको केपी वलीको गृह प्रशासनले बुधबार बिहान सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन र महिलानेत्री पूर्णिमा धामीलाई धनगढीमा अपहरण शैलीमा कायरतापूर्ण ढङ्गले गिरफ्तार गरेको भन्दै घोर निन्दा एवम् भत्र्सना गरेका छन् ।

सेक्रेटरी करणले गिरफ्तार गरिएका पार्टीका नेता–कार्यकर्ताहरूको झोलाबाट कटुवा पेस्तोल भेटिएको भनी झूट्टा मुद्दा लगाउने फासिवादी षड्यन्त्र गरेकोमा मानवअधिकारकर्मी, कानुन व्यवसायी तथा पत्रकारहरूको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।

सेती–महाकालीबाट प्रतिनिधित्व गर्ने केपी वली गुटका भ्रष्ट तथा दलाल मन्त्री र नेताहरूको दबाबमा कैलाली जिल्लामा नेकपाविरुद्ध मच्चाइएको राज्यआतङ्क अविलम्ब नरोकिए एजेन्टहरूविरुद्ध चरणबद्ध प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रममा जाने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :