एमसीसीबारे निर्णय गर्न सरकारी नेकपालाई सकस

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीका विषयमा निर्णय गर्न बसेको सत्ताधारी नेकपाको बैठक सकसपूर्ण भएको छ । लगातार दुई दिनसम्म बसेको बैठक कुनै निर्णय नगरेरै शनिबार पनि स्थागित भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा नेपालको सीमा समस्याका सम्बन्धमा नेताहरूले धारणा राखेका थिए ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधामन्त्री केपी वलीले जनताको अपेक्षाअनुसार काम नगरेको भन्दै चर्को आलोचना गरेका थिए । शुक्रबारको बैठकमा अनुपस्थित रहेका वली शनिबारको बैठकमा एकपछि मात्र सहभागी भई बाहिरिएका थिए ।

एमसीसी र सरकारका अन्य कामका विषयमा चर्को आलोचना भएपछि वली हतारहतार बैठकबाट बाहिरिएको नेताहरूले बताएका छन् ।

वलीको सहजताका लागि शुक्रबार बालुवाटारमै बैठकको आयोजना गरिए पनि उनी बैठकमा उनुपस्थित रहेपछि बैठकमा सहभागी नेताहरूले आक्रोश पोखेका थिए ।

नेपालमा एमसीसी परियोजना जसरी पनि संसद्बाट पास गराउन वली कम्मर कसेरै लागेको बेला आयोजना गरिएको नेकपा स्थायी समितिको बैठकमा बहुमत नेताहरू एमसीसीका विपक्षमा रहेका छन् । उसो त नेकपाका सबै समितिहरूमा एमसीसीका विरुद्ध बहुमत छ । त्यही भएर नै एमसीसीका बारेमा छलफल गर्न बोलाइएको स्थायी समितिको बैठक स्थगित हुन पुगेको हो । प्रशासनिक तरिकाले संसद्बाट एमसीसी पास गर्नसक्ने अवस्थामा प्रधानमन्त्री वली रहे पनि नेपालका विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायत एमसीसीका विपक्षमा ठूलो जनमत रहेकाले नैतिक बल भने गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :