नेकपाद्वारा एमसीसीविरुद्ध दैलेखमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध जनप्रदर्शन गरेको छ । सरकारले एमसीसी सम्झौता संसद्बाट पास गराउन लागेको भन्दै नेकपाले प्रदर्शन गरेको हो । शनिबार भएको जनप्रदर्शन दैलेख जिल्लाको आठबिस नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा गरिएको छ ।

आठबिसमा भएको प्रदर्शनको नेतृत्व अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन र ठाँटीकाँध गाउँपालिकामा भएको जनप्रदर्शनको नेतृत्व शरदले गरेका थिए ।

नौमुले र गुराँस गाउँपालिकामा पनि प्रदर्शन सम्पन्न भएको छ । यस्तै गुराँस गाउँपालिकाको प्रदर्शनको नेतृत्व जिल्ला सेक्रेटरी मदुरोले गरेका थिए । जनप्रदर्शनमा केपी सरकार र एमसीसीविरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :