सिन्धुलीमा टाँसियो एमसीसीविरोधी पोस्टर


काठमाडौँ : राष्ट्रघाती अमेरिकी अतिक्रमणकारी परियोजना एमससीको विरोधमा नेकपा जनकपुर ब्युरोअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्लाका विभिन्न ठाउँमा पोस्टर टाँसेको समाचार प्राप्त भएको छ ।

सिन्धुली जिल्ला पार्टीले एमसीसी सम्झौता खारेज गर्नुपर्ने, लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तालगायत सिमानामा भारतद्वारा मिचिएको भूमि तुरुन्त फिर्ता गर्नुपर्ने र भारतीय हस्तक्षेप बन्द गर्नुपर्ने अन्यथा प्रतिरोध सङ्घर्षमा उत्रिने चेतावनीसहितका पर्चाहरू पनि गाउँगाउँमा बाँडेको छ । उक्त पर्चाद्वारा देशप्रेमी जनसमुदाय, बुद्धिजीवीलगायत सबैमा राष्ट्रघाती सम्झौताहरू र भारतीय हस्तक्षेपका विरुद्ध कडा सङ्घर्षमा उत्रिन विशेष आह्वान गरिएको छ । विरोधस्वरुप ठाउँठाउँमा नाराजुलुससहित राँकेजुलुस पनि निकालिएको थियो ।

जुलुसपछि आयोजित कोणसभामा नेकपा सिन्धुलीका सेक्रेटरी प्रसिद्धले सम्बोधन गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :