नेकपाका जिल्ला नेता वली रिहा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी बर्दियाका नेता पुरनबहादुर वली रूपन्देही जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका छन् । उनलाई २०७६ भदौ २४ गते बर्दियाबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो ।

माघ २७ गते बर्दियाबाट रिहा भए पनि पुनः गिरफ्तार गरी दाङ जिल्ला प्रहरी कार्यालय ल्यार्ई फागुन २१ गते धरौटी नबुझाएको भन्दै उनलाई कारागार चलान गरिएको थियो । चैत २ गते १० हजार धरौटीमा रिहा भए पनि उनलाई पुनः गिरफ्तार गरी बाँके जिल्ला प्रहरी कार्यालय लगी अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो । चैत २७ गते जिल्ला प्रशासन कार्यालयमा ५ हजार धरौटी बुझाएर रिहा भए पनि उनलाई पुनः गिरफ्तार गरी कपिलवस्तु लगी अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो ।

कपिलवस्तुबाट साधारण तारेखमा रिहा गरिए पनि उनलाई पुनः गिरफ्तार गरी रूपन्देहीको लुम्बिनी इलाका प्रहरी कार्यालय पु¥याइएको थियो । त्यसपछि उनलाई जेठ ७ गते सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालत रूपन्देहीबाट रिहा गर्न आदेश भएपछि उनी थुनामुक्त भएका हुन् । आदेश पत्र….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :