मोडलिङ गर्दै प्रचण्ड

 

baba-ramdevprachandabanner-1

धर्म र योगको आडमा राजनीति गर्दै आएका योगी रामदेवको बहुराष्ट्रिय कम्पनी हो पतन्जली । जसले विश्वभरि औषधीजन्य पदार्थ र तयारी खानेकुराको व्यापार गर्दछ । सो व्यापारबाट प्राप्त रकमले उसले आरएसएस र भाजपाको राजनीति सञ्चालन गर्ने गरेको छ ।

योगपीठको नाममा रामदेवले पतन्जलीका उत्पादनको विश्वभर व्यापार गर्ने गरेका छन् । सो पतञ्जली नामक भारतीय लगानीको बहुराष्ट्रिय कम्पनीले नेपालमा आयुर्वेदिक औषधी, श्रृङ्गारका सामान, बिस्कुट, बास्नादार
तेल लगायतका साम्राग्रीको ठूलो व्यापार गर्ने गरेको छ ।

काठमाडौं स्वयम्भुमा नेपाल शाखा रहेको सो कम्पनीले धर्मको आडमा वार्षिक अरबौं रूपैंयाको कारोबार गर्ने गर्दछ । सो कम्पनीले नेपालमा चर्को मूल्य असुल गरी उपभोक्ताहरूलाई शोषण गरिरहेको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा असोज २ गते सोही पतन्जलीको प्रचार कार्यक्रममा भाग लिनेछन् ।

 विश्वसुन्दरीहरू तथा मोडलहरूले भाग लिने प्रकृतिको सो कार्यक्रममा आफू र देशको मर्यादा ख्याल नगरी सो धार्मिक र आर्थिक बहुराष्ट्रिय निगमको कार्यक्रममा प्रमको उपस्थितिलाई प्रचण्डको ‘मोडलिङ मोह’ का रूपमा हेरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :