भारतीय साम्राज्यवादी हस्तक्षेप बन्द गर्न नेकपाको चेतावनी

राष्ट्रियता रक्षाका लागि एकजुट हुन देशभक्तहरूलाई आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले अपिल प्रकाशित गरी भारतीय साम्राज्यवादी हस्तक्षेप बन्द गर्न चेतावनी दिँदै राष्ट्रियता रक्षाका लागि एकजुट हुन सम्पूर्ण वामपन्थी, बुद्धिजीवी, राष्ट्रवादी र आमजनसमुदायमा आह्वान गरेको छ ।

अपिलमा भनिएको छ, ‘भर्खरै २०७७ वैशाख २४ गते नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडक भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको समाचार प्रकाशित भएको छ । सन् १९६२ देखि नै नेपालका लिम्पियाधुरा र कालापानीमा सैनिक अखडा खडा गर्ने प्रक्रियाको निरन्तरता भारतीय हस्तक्षेपकारी हर्कत हो । यसप्रति हाम्रो पार्टी निन्दा एवम् भत्र्सना गर्दछ । दुवै देशको सीमा क्षेत्रमा नेपाली भूमि मिच्दा, नेपाली भूमि भारतीय नक्सामा गाभ्दा, भारत–चीन जोड्ने बाटोका नाममा नेपालको जमिन लुट्दासमेत संसद्वादी दल, सामाजिक पुँजीवादी दलाल सरकार राष्ट्रिय स्वाधीनताको रक्षा होइन, भारतीय साम्राज्यवादकै दलाली र चाकरी गरिरहेको छ ।’

अपिलमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा हाम्रो पार्टी राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, भारतले लुटेको नेपाली भूमि फिर्ता गर्न र भारतीय साम्राज्यवादी हस्तक्षेप बन्द गर्न चेतावनी दिँदै राष्ट्र र राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण वामपन्थी, बुद्धिजीवी, राष्ट्रवादी र आमजनसमुदायमा एकजुट हुन आह्वान गर्दछ ।’ अपिल….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :