लिपुलेकमा भारतीय सडक निर्माण नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो हस्तक्षेप : प्रवासी नेपाली जनसमाज


काठमाडौँ : प्रवासी नेपाली जनसमाज, भारत केन्द्रीय समितिले लिपुलेकमा भारतीय सडक निर्माण नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहर गरेको छ । जनसमाजका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति प्रकाशित गर्दै भारतले नेपालको भूमि एकलौटी रूपमा सडकको ट्र्याक खोल्ने र उद्घाटन गर्दासमेत नेपाल सरकार मौन रहनु भनेको राष्ट्रिय आत्मसमर्पणवादी रबैया रहेको निष्कर्ष निकालेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध सम्पूर्ण राजनीतिक दल, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील जनसमुदाय र प्रवासमा रहेका न्यायप्रेमी, देशभक्त जनसमुदायहरूलाई संवेदनशील र गम्भीर भई यसको विरोध तथा प्रतिकारका लागि एकजुट हुन हार्दिक अपिल गर्दछौँ ।’

अध्यक्ष थापाको विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारद्वारा गत नोभेम्बर २०१९ मा कालापानी, लिम्पियाधुरादेखि लिपुलेकसम्मको सबै नेपाली भूभागलाई आफ्नो देशको नयाँ नक्सामा गाभेर प्रकाशन गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै ८ मे २०२० का दिन भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो हस्तक्षेप हो । हाम्रो सङ्गठन भारतीय साम्राज्यवादद्वारा गरिएको यो अतिक्रमणको घोर आपत्ति, विरोध र भत्र्सना गर्दछ साथै नेपाली भूमि प्रयोग गरी सडक निर्माणकार्य अविलम्ब रोक्न भारत सरकारसमक्ष जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भारत सरकारको उक्त कार्य रोक्नका लागि तत्काल नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहलद्वारा समस्या हल गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । भारतले नेपालको भूमि एकलौटी रूपमा सडकको ट्र्याक खोल्ने र उद्घाटन गर्दासमेत नेपाल सरकार मौन रहनु भनेको राष्ट्रिय आत्मसमर्पणवादी रबैया हो । नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध सम्पूर्ण राजनीतिक दल, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील जनसमुदाय र प्रवासमा रहेका न्यायप्रेमी, देशभक्त जनसमुदायहरूलाई संवेदनशील र गम्भीर भई यसको विरोध तथा प्रतिकारका लागि एकजुट हुन हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :