क्रान्तिकारीद्वारा राहत वितरण


चितवन : अखिल (क्रान्तिकारी) चितवनले चितवन, मकवानपुर र धादिङका विभिन्न स्थानमा कोरोना जीवाणु रोग नियन्त्रणका लागि मास्क वितरण र जनचेतना अभियान सञ्चालन गरेको छ ।

ढिलो गरी प्राप्त समाचारमा जनाइएअनुसार चितवन जिल्ला राप्ती १, लोथर बजारमा चैत ९ गते ५० थान, राप्ती नगरपालिका ११ आँपपानीमा चैत ११ गते, २५ थान, राप्ती १० किरनटारमा चैत १२ गते ४० थान, राप्ती नगरपालिका ११ ओनेबाङमा चैत १२ गते ५० थान, राप्ती नगरपालिका ११ थाकलटारमा चैत १२ गते २५ थान मास्क वितरण गरिएको छ ।

त्यसैगरी मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका ६ मा चैत ३० गते ५० थान, राक्सीराङ गाउँपालिका ९ गैजुराङमा ४० थान, राक्सीराङ गाउँपालिका ९ सायाल गाउँमा चैत ३० गते २० थान, राक्सीराङ गाउँपालिका ९, जिनई भञ्ज्याङमा वैशाख १ गते २० थान, राक्सीराङ गाउँपालिका ९ च्यौराङमा वैशाख १ गते २५ थान र राक्सीराङ गाउँपालिका टोड्केमा ५० थान मास्क वितरण गरिएको छ ।

त्यसैगरी दक्षिण धादिङको रोराङ गाउँपालिका १ (साबिक महादेवस्थान गाविस) च्यात्रामा चैत ३० गते २५ थान मास्क वितरण गरिएको छ । त्यसैगरी चितवन, मकवानपुर र धादिङको त्रिकोणात्मक बिन्दुमा रहेको पर्यटकीय शिखर भिमबुङडाँडामा नयाँ वर्षका अवसरमा बन्दाबन्दीलाई बेवास्ता गर्दै सूर्योदय अवलोकन गर्न जम्मा भएका युवाहरूलाई १८० थान मास्क वितरण गरिएको थियो ।

अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जे लामाको नेतृत्वमा प्रविन स्याङ्तान, मीनराज तामाङ र सफल भट्टसहितको टोलीले सहायता सामग्री वितरण तथा जनचेतना अभियान चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :