अमेरिका कोरोनाबाट एकै दिन मृत्यु हुनेमा पनि पहिलो, एक दिनमै २१ सयको मृत्यु

अमेरिका एकै दिन कोरोना भाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढी मानिसको मृत्यु हुने पहिलो देश बनेको छ । तर पनि अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाखभन्दा कम हुनसक्ने त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सर्वाधिक बढी सङ्ख्या २,१०८ जनाको मृत्यु भए पनि ट्रम्पले अमेरिकामा सुरुमा अनुमान गरिएको भन्दा कम मानिसको मृत्यु हुने बताएका हुन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सख्या १८ हजार ७ सय र सङ्क्रमितको संख्या पाँच लाख नाघेको छ । योसँगै अमेरिकाले विश्वमा भाइरस सङ्क्रमणका कारण सर्वाधिक बढी नागरिक गुमाउने सूचीमा इटालीलाई जित्ने देखिएको छ । इटालीमा यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १८ हजार ८ सय ५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :