कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार पुग्यो

काठमाडौँ  : विश्वभरी नै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । भाइरसका कारण इटाली, चिन, अमेरिका लगायत विश्वभरी ४७ हजार मानिसको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म इटालीमा सबैभन्दा बढि १३ हजार मानिसको ज्यान गएको छ । त्यसपछि स्पेनमा पनि ९ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै अमेरिकामा ५ हजार भन्दा बढिको मृत्यु भएको छ भने फ्रान्समा ४ हजार बढिको मृत्यु भएको छ । यस्तै चिनमा ३३ सय र इरानमा ३ हजार बढिको मृत्यु भएको छ । बेलायतमा पनि मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । उता जर्मनमा जर्मनीमा करिब १ हजारको मृत्यु भएको छ । भाइरस संक्रमन हुनेको संख्या विश्वभरी ९ लाख बढि पुगेका छन् । ति मध्ये सबैभन्दा बढि अमेरिकामा मात्र २ लाख मानिस संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :