काठमाडौँमा मनाइयो महिला दिवस

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाडौँले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौँमा एक कार्यक्रम गरी मनाएको समाचार प्राप्त भएको छ ।

जडीबुटीमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की उपत्यका ब्युरो संयोजक राजकुमारी शाहीले महिलाहरू एकीकृत जनक्रान्तिमा सहभागी भए मात्र हाम्रो वास्तविक मुक्ति सम्भव भएकाले दलाल सरकारको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न सबै महिला सहभागी हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा करिब ६० जना महिलाको उपस्थिति रहेको समाचारमा जनाइएको छ । कार्यक्रमको अन्त्यमा शुभकामना आदानप्रदान गर्नुका साथै चियापानको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :