दिल्लीमा प्रवासी नेपाली जनसमाज भारतको घोषणा सभा

दिल्ली : शान्ती, समृद्धि, स्वाधीनता र बिकासको लागि प्रवासी नेपालीको आन्दोलन ! मुक्ति र स्वदेशमै रोजगारका निम्ति दोश्रो राष्ट्रिय सम्मेलन भब्य रुपमा सफल पारौं !! मुल नाराका साथ प्रवासी नेपाली जनसमाज भारतको दोश्रो राष्ट्रिय सम्मेलनको घोषणा सभा भव्यरुपमा सम्पन्न भएको छ । अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले भारतस्थित नेपालीहरुको संगठन प्रवासी नेपाली जनसमाज भारतको घोषणा सभालाई सम्बोधन गर्दै स्वाधिन राष्ट्र र समृद्ध नेपाल निर्माण गर्नेबाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएको बताउनुभएको छ । दिल्ली राज्यको पश्चिम बिहार क्षेत्रमा २३ फरवरीमा सम्पन्न घोषणा सभालाई सम्बोधन गर्दै पुनले सम्मेलन सफल बनाउन सहयोग गर्ने प्रवासी नेपालीहरुलाई विशेष धन्यवाद दिनुभयो । बिगतको १० वर्षीय जनयुद्धमा प्रवासले गरेको योगदान र शान्ति प्रक्रियामा पार्टी भित्रको भीषण दुई लाइन संघर्षमा पु¥याएको योगदान निकै माथि रहेको भन्दै अबको एकीकृत जनक्रान्तिमा पनि महत्वपूर्ण योगदान पु¥याउने आशा र विश्वास पनि व्यक्त गर्नु भयो । नेपालमा यतिबेला सामाजिक दलाल पुँजीवादले फाँसिवादको चरीत्र धारण गरेको र जनताको पक्षमा बोल्नेलाई बिनाकारण दमन गरिरहेको भन्दै यसको चक्नाचुर पारेर जनताको बैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढनु सबैलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा भेषराज भुसालले लाखौं प्रवासी नेपालीहरुको भविश्यको लागि निरन्तर संघर्ष गरिरहनु पर्ने बताउनु भयो । अन्य अतिथिहरुमा केन्द्रिय दलित बिभाग प्रमुख सन्ध्या, दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल बि.क, अनेमा संघ (क्रान्तिकारी) कि केन्द्रीय सदस्य पुर्णिमा धामी, केन्द्रिय सामाना परिवारका प्रमुख आरोह र नेपाली एकता समाज, भारतका उपाध्यक्ष शोभाखर अधिकारी लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो । उत्त सम्मेलनले ५३ सदस्यीय केन्द्रिय समिति र ११ सदस्यीय सल्लाहकार समिति निर्वाचित गरेको छ । अध्यक्ष आजाद सेन थापा, उपाध्यक्षहरु दामोदर पंगेनी र जयरुप बसुवाल, महासचिव बिष्णु मल्ल, सचिबहरु कृष्ण बोगटी र गोबिन्द पाण्डे र कोषाध्यक्ष दिपक तिरुवाल रहनुभएको छ । उक्त घोषणा सभामा समाना परिवार जनज्योति साँस्कृतिक परिवार नोएडा, हिमाल स्मृति साँस्कृतिक परिवार पश्चिम दिल्ली र सनराइज साँस्कृतिक परिवार पूर्वी दिल्ली, गुडगाँउ साँस्कृतिक परिवार, हिमाञ्चल राज्य साँस्कृतिक परिवारका कलाकारहरुले बेजोड साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :