कतारबाट २५ औँ जनयुद्ध दिवसको शुभकामना

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले २५ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश सम्प्रेषण गरेको छ ।

मोर्चाका अध्यक्ष जयकिशोर पोद्दार (जेपी) ले सम्प्रेषण गरेका सन्देशमा भनिएको छ, ‘तमाम ज्ञातअज्ञात महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै प्रतिक्रियावादी राज्यसत्ताबाट बेपत्ता बनाइएका तथा घाइते–अपाङ्ग हुनुभएका आदरणीय कामरेडहरूलाई सम्झिँदै, विभिन्न भूगोल तथा हरेक तह–तप्कामा रहेर काम गर्दै क्रान्तिलाई टेवा पुर्याउन लागिरहनुभएका सम्पूर्ण क्रान्तिकारीहरूमा महान् जनयुद्ध को २५ औँ वर्षगाठको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :