अदालतको आदेश मान्दैन प्रहरी

बालकृष्ण शर्मा -(सविन)

बुटवल : विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरूलाई गिरफ्तार गरी थुनामा राख्ने कुनै आधार र कारण नभएको भन्दै अदालतले रिहाईको आदेश दिएपनि प्रहरीले गिरफ्तार गर्ने र थुनामा राख्ने गरिरहेको छ । यसैबीच बुटवलस्थित उच्च अदालतले रिहाको आदेश गरेका नेकपाका दुई नेतालाई प्रहरीले अदालतको गेटबाटै गिरफ्तार गरेको छ । अदालतले रिहाईको आदेश गरेपनि नेकपाका नेताहरु बालकृष्ण शर्मा र प्रदिप बहादुर वलीलाई प्रहरीले उच्च अदालतको गेटबाटै पुन पक्राउ गरेको हो ।

असोज २९ गते दाङबाट गिरफ्तार गरिएका नेकपाका २१ जना नेताकार्यकर्ता मध्ये २ जनालाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरेको थियो तर रिहा लगत्तै प्रहरीले पुन पक्राउ गरि नवलपरासी पुर्याएको थियो ।

नवलपरासीमा प्रहरीले अभद्र ब्यवहारकोे मुद्दामा लगाएको थियो । तर नवलपरासी प्रहरीले लगाएको मुद्दा झुटो र थुना गैरकानुनी रहेको भन्दै डिल्लिबहादुर वलिले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए । रिटमाथी वादीको तर्फबाट बरिस्ठ अधिवक्ता तेजप्रसाद कँडेल, बरिस्ठ अधिवक्ता दिल बहादुर साहनी, वरिष्ठ अधिवक्ता प्रदिप धिताल, अधिवक्ता ज्ञानु के सि, अधिवक्ता कुल बहादुर डागीले बहस गरेका थिए ।

रिटमाथी सुनुवाइ गर्दै मुख्य न्यायाधीश बाबुराम रेग्मी र दुर्गाबहादुर विकको संयुक्त इजलासले अभद्र ब्यवहारको मुद्दा विश्वास लायक नरहेको भन्दै थुनामुक्त गर्न आदेश दिएका थिए ।

नेकपाका नेताहरु शर्मा र ओलीलाई ६८ दिन दाङस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा ३० दिन तुल्सिपुर कारागार, ६ दिन नवलपरासीको हिरासतमा राखिएको थियो । दुवैलाई मङ्गलबार पुन पक्राउ गरि रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा लगेको छ । अदालत परिसरमा छोटो प्रतिक्रिया दिदै नेकपाका नेताद्वय बालकृष्ण शर्मा र प्रदिप ओलीले राज्यसत्ताले दमन गरेर क्रान्तिकारीहरुलाई सिध्याउन नसक्ने भन्दै बैज्ञानिक समाजवाद प्राप्तिको यात्रा निरन्तर बढने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :