नवलपुरमा युवाहरूको भेला सम्पन्न


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले अविनाशको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । जिल्लाको प्रथम भेलाले अविनाशको नेतृत्वको ११ सदस्यीय समिति गठन गरेको हो । युवा सङ्गठनका महासचिव सागरको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा सङ्गठनका महासचिव सागरले युवाहरूको काँधमा देश बचाउने नयाँ जिम्मेवारी आएको बताए । उनले भने, ‘हाम्रो देशका दलाल शासकहरूले विदेशी साम्राज्यवादीहरूको जुठोपिठो खाएर नेपाल आमाको अस्मितालाई बेच्न खोज्ने दलालहरूले अनुदानका नाममा एमसीसीलाई सदनबाट पास गरेर वैधानिक दिएमा यो देशको स्वाधीनताका लागि टाउकोमा रातो कफन बाँधेर सङ्घर्षमा उत्रनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :