राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् । चितवनमा बाटोमा हिडीरहेका वेला साेमबार बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउदै आएका थिए । लोहनी यस अघि पनि चितवनमै १३ दिन हिरासत बसेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :