एमसिसि सम्झौता विरुद्ध युवाहरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालले राष्ट्रघाती एमसिसि सम्झौताका बिरुद्ध एक हुन युवाहरुलाई अपिल गरेको छ । संगठका भेरी–कर्णाली ब्युरो इन्चार्ज दीपले बिहिबार विज्ञप्ति जारी गर्दै एमसिसि सम्झौताको साथै बिभिन्न खाले सामाजिक बिकृतिका बिरुद्ध सडकमा उत्रिन युवाहरुलाई आह्वान गरेका हुन् ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको भारतीय अतिक्रमण, राष्ट्रघाती असमान सन्धी सम्झौता लगाएत विभिन्नखाले साम्राज्यवादी हस्तक्षेप र देश भित्रका नेपाली अनुहारका विदेशी दलालहरुका कारण राष्ट्रियता इतिहासकै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको  युवा संगठनको निस्कर्ष छ ।
साथै, राष्ट्रियता र जनजिविकाको सवाललाई लिएर संघर्षमा होमिएको आफ्नो संगठनमाथि सरकारले प्रतिबन्ध लगाउदै दमन र धरकपडलाई तीब्र बनाएपनि यसका विरुद्धको जनप्रतिरोध शसक्त बन्दै गएको युवा संगठनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :