तितीक्षा र तपस्या

कविता

एक्लो चीसो शरद्मा
उत्तरबाहिनी स्याङ नदीसँग
अनारको द्वीपमा
राता लाखौँ पर्वत सर्वत्र देखेँ मैले
रङ्गीन बाक्ला पातहरूले
र पारदर्शक हरिया नदी
जसमा सयकडौँ नाउहरू दौडिरहे ।
असीम आकाशमा उडिरहेका चिलहरू
झुलमा एकत्रित माछाहरू
चीसो आकाश तल जीवन विविध रूपमा
स्वतन्त्रताका लागि प्रस्फुटित भइरहेका छँदा ।
मैले एउटा एक्लो धरहराको गुप्त कोठा खोतलेँ
र सोधेँ : विशाल ग्रहमा
कसले प्राणीहरूको भाग्यको फैसला गर्दछ ?
धेरै साथीहरूसँग फेरि पनि
म यसै ठाउँमा आएँ
मैले बितेका उत्साहमय दिनहरू सम्झिएँ
जब कि मेरा सबै तरुण मित्रहरू
भारमुक्त हृदयले कोमल थिए
हात पनि जो देख्थ्यो र बाधा जान्दैनथ्यो
मुक्त तर कोमल कल्पनामा अधिकार राख्थे ।
मैले नदी र पहाडतर्फ सङ्केत गरेँ
जो सिर्जनात्मक बुद्धिलाई प्रेरित गर्थे
लाखौँ परिवारहरूको शासक
विगतका मालिकहरूसँग घृणा गर्थे
के तिमीले बिस्र्यौ
तीव्र बगेको जलप्रवाहको बीच कसरी
लहरहरूमा आरूढ हाम्रो नाउ अघि बगिरहेछ?

(अध्यक्ष माओको आत्मकथाबाट उद्धृत यो कवितांशको शीर्षक हामीले दिएका हौँ । चाङ्सामा कलेज पढ्दा माओले यो कविता लेखेका थिए ।
– ह्वाङहो र याङ्ची बनाङ चीनका दुई महानदीका बीचमा फैलिएको हुनान प्रदेश, स्याङ्तान जिल्ला, साउसाङ चुङ गाउँमा माओत्सेतुङको जन्म भएको हो । पिता जेन सेङ (कुनसेन) र आमा वेन परिवारकी धार्मिक र दयालु थिइन् । त्सेतुङको थर ‘माओ’ हो । त्सेतुङको जीवनमा आमाको गहिरो प्रभाव परेको छ । त्सेतुङका पिता धर्मप्रति आस्थावान् थिएनन् र रुखो स्वभावकी आमाका कारण त्सेतुङ सानैदेखि गरिबप्रति संवेदनशील र विद्रोही बने । उनै बालक माओत्सेतुङ विश्वकै सर्वहारा वर्गका महान् नेता बनेर उदाए ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :