नेकपा निकट युवा संगठनद्वारा बृद्ध–बृद्धाहरुलाई न्यानो लुगा वितरण


बाँके : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन, युवा संगठन नेपालले बाँके जिल्लाको खजुरा गाउँपालिकामा असक्त र विपन्न बृद्ध–बृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

संगठनका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो संयोजक दीपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष दिपेशले गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दीपले दलाल सत्ताका कथित जनप्रतिनिधिहरुले कर र भ्रष्टाचारमार्फत जनतालाई चुस्ने काम गरेको तर जनतालाई न्युनतम् सेवा सुविधाबाट बन्चित गराएको आरोप लगाउनु भयो । उहाँले वर्तमान व्यवस्था दलाल र लुटिखाने गिरोहहरुको अखडा मात्र भएकाले नै राष्ट्रियता कमजोर मात्र होइन देशको अस्तित्व इतिहासकै खतरामा परेको र देशको रक्षा र जनताको सेवाका लागि युवा संगठन नेपालमा गोलबन्द भई दलालहरु विरुद्ध एकजुट हुन युवाहरुलाई अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :