प्रतिकुल मौसमका बाबजुत कालिकोटमा नेकपाको भब्य जनसभा


कालिकोट : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालीकोटले प्रतिकुल मौसमका बाबजुत पनि खिनमा जनसभा गरेको छ । जनताको माग अनुसार कालिकोट खिनमा भब्य जनसभा गरिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी दिए ।

वसन्तको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथि रणदिपले अमेरिकी परियोजना एमसीसीको चर्को विरोध गरे । उनले एमसीसी परियोजना भित्राउने प्रयास गरेर जनतालाई धोका दिने र ३ करोड नेपाली जनतालाई मूर्ख बनाउने कोशिस भएको उल्लेख गरे ।

सेक्रेटरी रणदिपले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने चेतावनी समेत दिए । जनसभामा सामना सांस्कृतिक परिवारले जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :