मतदान केन्द्रमै विष्फोट हुँदा भागडौड मच्चियो

अम्बिका चन्द/काठमाडौं, आसार १४ :  प्रदेश नं. ७ अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा मतदात केन्द्रमै बम विष्फोट हुँदा भागदौड मच्चिएको छ । कञ्चनपुरको महेन्द्रनगर बजार भृकुटी उच्च मा.वि.मा रहेको मतदान केन्द्रमा मतदान भइरहेको बेला उक्त विष्फोट भएको हो । विष्फोट कसले किन गरायो भन्ने वारेमा थाहा हुन सकेको छैन । यसैविच कैलालीको धनगढी उममहानगरपालिका क्याम्पस चोकमा फेला परेको शक्तिशाली बम नेपाली सेनाले निस्क्रिय वनाएको छ । उक्त स्थानमा निकै ठुलो आवाज सुनिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :