काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरोधमा पुस १४ गतेदेखि पुस २० गतेसम्म देशव्यापी चरणबद्ध संघर्ष घोषणा गरेको छ ।
संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौताले नेपाललाई फसाउने षड्यन्त्र गरिरहेकाे छ । उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको त्यो सङ्कट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको छ । त्यसको विरोध स्वरुप पुस १४ गते अन्तरक्रिया, पुस १६ गते जुलुस प्रदर्शन, पुस १८ गते विरोध सभा र पुस २० गते अमेरिकी दुताबासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
संघर्षका कार्यक्रमहरु :
२०७६ पुस १४ गते देशव्यापी अन्तक्रिया कार्यक्रम
२०७६ पुस १६ गते देशव्यापी जुलुस प्रदर्शन
२०७६ पुस १८ गते देशव्यापी विरोध सभा
२०७६ पुस २० गते अमेरिकी दुताबासमा ज्ञापनपत्र दिने