अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा शाही निर्वाचित


बाँके : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँकेको २५ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डि.बि शाही चयन हुनुभएको छ ।

शैक्षिक माफिया, दलाल र लुटतन्त्रको विरुद्ध सशक्त विद्यार्थी आन्दोलन ! सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी २५ औ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले शाहीको नेतृत्वमा १७ सदस्य जिल्ला समिति चयन गरेको छ ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाए पनि उसले आफ्ना राजनीति गतिविधि तिव्र बनाएको छ । यहि क्रममा अखिल (क्रान्तिकारी) बाँकेको २५ औं जिल्ला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :